काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बाँके नेपालगंज उपमहानगरपालिका–१२ का अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पीडितलाई न्यानो कपडा वितरण गरेको छ । पछिल्लो समय कम्पनीले सामाजिक सेवामा समेत अग्रसर हुँदै आएको पाइएको छ । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पीडितलाई जाडोमा न्यानो कपडा वितरण गरेको कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी दिए ।
कम्पनीका वरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक ढकालका अनुसार नेपालगंजमा न्यानो कपडा स्वरुप करिव ४७ जनालाई कम्बल वितरण गरिएको खजुरा तथा बर्दियामा समेत राहत वितरणको कार्यक्रम रहेको जानकारी दिए ।
२०७८ सालको दिपावलीमा युनियन देउसी–भैलो कार्यक्रमबाट उठेको रकमले अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पीडितका लागि सहयोग संकलन गर्ने उद्देश्य राख्दै खेलिएको भैलीको उद्देश्य पुरा गर्न पाउँदा निकै खुसी लागेको यूनियन लाईफ इन्स्योरेन्सका सदस्य तथा पदाधिकारीहरुको प्रतिक्रिया रहेको छ ।
न्यानो कपडा वितरण कार्यक्रम विशेष गरी नेपालगंज उपमहानगरपालिक–१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीको पहलमा भएको थियो । कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै अध्यक्ष सुवेदीले युनियन लाइफ इन्स्योरेन्स परिवारले नेपालगंज उपमहानगरपालिका–१२ का अति विपन्न परिवारलाई छनोट गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।
अध्यक्ष सुवेदीले भने, ‘सामाजिक सेवामा लागेको युनियन लाइफ इन्स्योरेन्सलाई बधाई पनि दिन चाहन्छु साथै नेपालगंज उपमहानगरपालिका–१२ लाई छनोट गरी यहाँका जनतालाई जडोमा न्यानो कपडा दिएकोमा खुशी छु” ।
राहत वितरण कार्यक्रममा विगत लामो समयदेखि ब्लड क्यान्सरबाट पिडित नेपालगंज उपमहानगरपालिका–१२ का ४ वर्षीय बालिका सम्भता नगरकोटीलाई उपचार खर्च स्वरुप नगद रु. २५ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भोजकुमार कुँवर, प्रदेश उपप्रमुख उमेश ठाकुर, नेपालगंज शाखा प्रमुख उत्तम ढकाल, पूर्व विमारत्न निरज कुमार भट्ट र सिओटि झविन्द्र मरासिनी, बरिष्ठ एजेन्सि म्यानेजर टिकामणि उपाध्याय, बरिष्ठ एजेन्सि म्यानेजरहरु अर्जुन शाही, शारदा सुवेदी, कृष्णप्रसाद सुवेदी, यज्ञराज जोशी, टिना केसी, रमेश बिसि, जीव नारायाण बेलबासे ,सुर्य केसीलगायतको उपस्थिति रहेको थियो ।
युनियन लाइफद्वारा नेपालगंजका अति विपन्नलाई सहयोग
आर्थीकसंसार संवाददाता६ माघ, २०७८
६ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?