News Portal

  • अजोड इन्स्योरेन्सद्वारा विभिन्न स्थानमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ माघ, २०७८
    ६२७ पटक
    २ माघ, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७८ साल पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका–७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । जलजला गाऊपालिका–७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गर्नु भएको थियो । कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो र सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादवप्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्