काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारणसभामा सञ्चालक समितिद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो ।
साधारण सभाले सञ्चालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३.६०५ प्रतिशत बोनस शेयर तथा ४.४०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
ऋा.व.२०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।
यसैगरी सभाले आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षकहरु श्री एसएआर असोसिएटस चार्टड एकाउन्टेन्टस तथा पिजिपिएन एण्ड को चार्टड एकाउन्टेन्टसलाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
सभाले संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई)का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि.लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।
साथै, आजै सम्पन्न बैंक सञ्चालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।
नबिल बैंकको अध्यक्षमा पुनः पौडेल नियुक्त
आर्थीकसंसार संवाददाता३० पुष, २०७८
३० पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?