काठमाडौं । उन्नती सहकार्य लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा भैरहवामा सम्पन्न भएको हो । सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक बर्ष २०७७÷७८ सालको बार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित भएको छ ।
त्यसैगरी सभाले २०७८ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ३० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने, विशेष प्रस्तावको १ नम्बर बमोजिम बोनस शेयर बाँडफाँड बमोजिम शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न आवश्यक एक करोड ७८ लाख ४५ हजार एक सय अठार रुपैयाँ तीन पैसा बराबरको सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक अफ रिङ्ग) जारी गर्ने, विशेष प्रस्तावको बुँदा नं. १ र २ बमोजिम बोनश शेयर बाँडफाँडपश्चात तथा थप सार्वजनिक निष्काशन जारी पश्चात पुँजी बृद्धि गरी जारी तथा चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैयाँ तीन पैसा र ५० करोड रुपैयाँ अधिकृत पुँजी कायम गरी सोहीअनुसार नियमावली र प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभाले प्रवन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निदेशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, सञ्चालकको भक्ता तथा सुविधा बृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सातौं वार्षिक साधारणसभाले पारित गरेको छ ।
हाल १७ करोड ६१ लाख ६९ हजार सात सय छ रुपैयाँ ३८ पैसा चुक्ता पुँजी रहेको संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।
उन्नती सहकार्यको साधारण सभा सम्पन्न
आर्थीकसंसार संवाददाता२८ पुष, २०७८
२८ पुष, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न