News Portal

  • कामना सेवा विकास बैंक र एमओसीओ एपबीच साझेदारी

    आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
    ७०५ पटक
    २७ पुष, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र MOCO एप बीच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र  FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।
    एमओसीओ एप नेपालमा पहिलोे ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब एमओसीओ एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन्– जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।
    काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्स्टेन्सन काउन्टर र १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि–आश्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्