काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस २४ गते शनिवार बुढानिलकण्ठ नगरपालिका–३, मुहानपोखरीमा अवस्थित नवयुवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सामान दिएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
उक्त सामान कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिवशंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।
बूढानीलकण्ठ नगरापालिका–३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कम्पनीका प्रबन्धक बोधलाल पुरीले सञ्चालन गरेको कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
१९ वर्ष देखि सञ्चालनमा रहेको नवयुवा बाल सुधार समाजलाई सिएसआरअन्तर्गत कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृतले गराए । साथै वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग
आर्थीकसंसार संवाददाता२४ पुष, २०७८
२४ पुष, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न