काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्ममा सबै पदाधिकारीमा एक/एक जना र कार्यसमिति सदस्यमा ५ जनाको मात्र उम्मेदवारी दर्ता भएको नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए ।
त्यस्तै, उपाध्यक्षमा बिरेन्द्र बैद्यवार चयन भएका छन् । उनी सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का चयन भएका छन् । कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् । श्रेष्ठ आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत हुन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा ५ जना चयन भएका छन् । जसमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्रचार्य, अजोड इन्स्योरेन्सका कुमारबहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका बिनोद घाते निर्विरोध चयन भएका छन् ।
बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित
उपाध्यक्षमा बैद्यवार र महासचिवमा खड्का
आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
२३ पुष, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न