काठमाडौं । एभरेष्ट बैंकले भक्तपुर सिसिटिभी जडान समितिलाई १ लाख आर्थिक सहयोग गरेको छ ।
बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सिसि टिभी जडान समितिका सचिव पदम लाल सिलाकारलाई उक्त रकम हस्तानतरण गरेको हो ।
पौराणिक कला संस्कृति तथा पौराणिक महत्वले भरिपूर्ण जिल्ला भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई बैंकले सहयोग गरेको हो ।
एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३८ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजश्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
एभरेष्ट बैंकद्वारा भक्तपुर सिसिटिभी जडान समितिलाई आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
२३ पुष, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन