News Portal

  • जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

    आर्थीकसंसार संवाददाता२१ पुष, २०७८
    ११३७ पटक
    २१ पुष, २०७८

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौतापश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS  र connectIPS प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
    यसरी एनपीआईमा जोडिएपछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जेनेरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
    जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत connectIPS बाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ, जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ६९ गैरबैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
    जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सन् ६ आषाढ २०७५ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकिङ, बीमा, व्यापार, उत्पादन, पर्यटन, जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तिहरूद्वारा प्रवद्र्धित यस कम्पनी सधैं आफ्ना ग्राहकहरूलाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रित छ । एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलहरूमार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार गर्न मद्दत गर्ने विश्वास छ ।

    प्रतिकृया दिनुहोस्