काठमाडौं । सनराइज बैंकले ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले उक्त खातामार्फत ग्राहकलाई उच्चतम ब्याजदरका साथै विभिन्न सेवाहरु दिने भएको हो ।
उक्त बचत खातामा ग्राहकले ७.०५ प्रतिशत व्याज पाउने छन् र पाँच वर्षका लागि बैंकले निःशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटसमेत प्राप्त गर्न सक्ने छन् ।
यो बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बीमाका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमा सुविधा पाउने छन् । बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यो स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
सनराइज बैंकको ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा
आर्थीकसंसार संवाददाता२० पुष, २०७८
२० पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?