News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता९ पुष, २०७८
    १२५४ पटक
    ९ पुष, २०७८

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस ९ गते शुक्रबार मात्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।
    सूर्या लाइफको १२.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै इन्स्योरेन्सको समायोजित मूल्य प्रतिकित्ता ६३८.८६ रुपैयाँ तोकिएको छ ।
    यससँगै अबको कारोबारमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सेयर समायोजित मूल्यलाई आधार मानेर हुने छ । सेयर बजार अब पुस ११ गते आइतबार मात्रै खुल्ने छ ।

    प्रतिकृया दिनुहोस्