News Portal

  • कर्णालीमा नेपाल बैंकको वित्तीय साक्षरता अभियान

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    ९९२ पटक
    ८ पुष, २०७८

    काठमाडौं । नेपाल बैंक लिमिटेडको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सप्ताह सम्पन्न भएको छ । अभियानअन्तर्गत अमरज्योति माध्यमिक विद्यालय, नेवारे, सुर्खेतमा बिहीबार बिहान भव्यताका साथ अभियान सम्पन्न भएको हो ।
    सुर्खेतको कार्यक्रममा अमर ज्योति क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल र उच्च माध्यमिक विद्यालयका प्राचार्य खगेन्द्र थापा र नेपाल बैंक कर्णाली प्रदेश प्रमुख अश्विन पुडासैनीले संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए । साथमा क्याम्पस प्रमुख टोपेन्द्र प्याकुरेल र नेपाल बैंक लिमिटेड बिरेन्द्रनगर शाखा प्रबन्धक गणेश कुमार केसीको उपस्थिति थियो ।


    जुम्लामा पनि आजै यस्तो कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको नेतृत्व शाखा प्रबन्धक रबि भण्डारीले गरेका हुन् । डोप्पामा भने भोलि शुक्रवार आयोजना हुनेछ । डोल्पा शाखाको दुनैमा शाखा प्रबन्धक वेदबहादुर बुढाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछन् । नेपाल बैंकले यस्तो अभियान माघ महिनाभरि सञ्चालन गर्ने योजना बनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्