ललितपुर । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् ।
एसोसिएसनको यहाँ सम्पन्न १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छ । यसैगरी एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट रहनुभएको छ ।
एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।
नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेको बताए ।
बीमाको कार्यप्रक्रिया बीमितको दाबीबाट सुरु हुने तथा बीमाको कार्यप्रक्रियाका लागि कागजात र सवुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बीमितमा अहिले पनि रहेको उनले बताए । उनले भने, ‘सर्भेयरले कागजात र सवुद प्रमाण माग गर्नुलाई क्षतिपूर्ति नदिनलाई गरेको प्रपञ्चको रुपमा प्रायः बीमितहरुले लिने गर्छन् । छिटो, छरितो दाबी फरफारक गरी जनमानसमा बीमा क्षेत्रप्रति आस्था जगाउनका लागि बीमितमा बीमा सचेतना बढाउनैपर्छ ।’
नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा ढकाल निर्वाचित
आर्थीकसंसार संवाददाता४ पुष, २०७८
४ पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?