काठमाडौं । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भएबमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको हो ।
कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ्ग र स्याङ्गजामध्ये कम्पनीले मुस्ताङ्ग, म्याग्दी र बागलुङ्गमा कात्तिक महिनामै तालिम सम्पन्न गरिसकेको थियो ।
कम्पनीले मंसिर २२ गते देखि २४ गतेसम्म स्याङ्गजामा सञ्चालन गरेको तालिममा ५० जना भन्दा बढी क्षति मूल्याङ्कनकर्ता तयार भएकाले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मूल्याङ्कन तथा दावी भुक्तानीमा सहज हुने बताए ।
प्रभु इन्स्योरेन्सको बीमा क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७८
२६ मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो