आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७८
२५ मंसिर, २०७८काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आफनो चौथो वार्षिक उत्सवको अवसरमा खाद्यान्न सामग्री वितरण गरेको छ । बुटवल ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि चामल, दाल, तेल, चाउचाउ, सर्फ, साबुनलगायतका सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदनबहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गरेका थिए ।
पाँचौं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्ग आश्रममा आश्रितहरुलाई बुधबार सहयोग हस्तान्तरण गरिएको बुटवल शाखा प्रबन्धक प्रकाश गौतमले जानकारी दिए ।
कार्यक्रममा मुर्गिया शाखा प्रमुख कृष्णप्रसाद कँडेल, बुटवल शाखाका वरिष्ठ एजेन्सी म्यानेजरहरु एकराज रिजाल, सुभाष रिजाललगायतको सहभागिता रहेको थियो ।