काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ‘बाल उच्च शिक्षा (अग्रिम भुक्तानी सावधिक)’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सन्तानको उच्च शिक्षाको लागि आवश्यक पर्ने खर्चको सहज व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त योजना ल्याएको हो ।
उक्त नयाँ योजना कम्पनीका सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
योजनाअन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मको बालबालिकाको १ करोड रुपैयाँ बिमाङ्कसम्म जीवन बीमा गर्न सकिन्छ । बीमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दीरुपमा बीमांकको रकम भुक्तानी गरिने सुविधा भएकाले अभिभावकहरु यो बीमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाको लागी ढुक्क हुने इन्स्योरेन्सले जनाएको छ ।
त्यस्तै, बीमित बच्चा १६, १७, १८, १९ र २० वर्ष पुरा भएको दिनमा क्रमशः बीमांकको २५, १५, २५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिनेछ । यो बाहेक बीमा अवधि समाप्तीमा बीमित बच्चालाई नियमानुसारको बोनस रकमसमेत प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ ।
यसबाहेक तोकिएको अवधि पुरा हुनुभन्दा अगाडि बीमितलाई रकम खाँचो परेको अवस्थामा बीमालेखको शर्तको अधीनमा रही १२ महिनाअघि नै अग्रिम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत रहेको कम्पनीले जानकारी गराएको छ ।
यो बीमा योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत रकम तत्काल भुक्तानी दिइनेछ । बीमाङ्कको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ ।
यसरी रकम भुक्तानी गर्दा अग्रिम भुक्तानी गरिएको रकम कट्टा गरिने छैन । यस बीमा योजनाअन्तर्गत दुर्घटना मृत्यु लाभ र वार्षिक शैक्षिक सुविधासमेत रोज्न सकिने इन्स्योरेन्सले जानकारी गराएको छ ।
एशियन लाईफले ‘बाल उच्च शिक्षा’ जीवन बीमा योजना सार्वजनिक
आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७८
१३ मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?