News Portal

  • महालक्ष्मी लाईफको जर्नि टु सक्सेस कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७८
    १११६ पटक
    १३ मंसिर, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफले काठमाडौंमा जर्नि टु सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ ।
    कार्यक्रममा बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।
    प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सञ्चालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरु सहभागी थिए ।
    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिएका थिए । कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षण दिएका थिए ।

    प्रतिकृया दिनुहोस्