काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले छोटो समय अवधिमा नै दुई एमडिआरटी हात पार्न सफल भएको छ । विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा यस कम्पनीको शाखा कार्यालय चरिकोटबाट पनि दुई अभिकर्ता आबद्ध हुन सफल भएका हुन् । पछिल्लो समय कम्पनीले आफ्नो देशैभरिका शाखा कार्यलयहरुबाट एमडिआरटि उपाधि हात पारी आफनो व्यवसाय द्रतिगतिमा चम्काउँदै आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।
चरिकोट शाखा कार्यालयबाट एमडिआरटी बन्न सफल अभिकर्तालाई कम्पनीले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । शाखा कार्यालय चरिकोटबाट छोटो समयमा दुई जना अभिकर्ता एमडिआरटि बन्न सफल भएकोमा शाखा कार्यालयले खुशी व्यक्त गरेको छ ।
वाग्मती प्रदेश प्रमुख राजकुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा शाखा प्रमुख विष्णु लुइँटेल, पहिलो एमडिआरटि सिनियर एजेन्सि म्यानेजर, एजेन्सि म्यानेजर र सक्रिय अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कम्पनीले देशभरका सुगम तथा दुर्गम क्षेत्रमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै आफ्ना बीमितहरुलाई छिटो, छरितो तथा भरपर्दाे बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले यस चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जीवन बीमा कोषमा ३ अर्ब ३ करोड ४१ लाख रुपैयाँ संचित गरेको छ भने ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
रिलायबल नेपाल लाइफको चरिकोट शाखाका दुई अभिकर्ता एमडिआरटि बन्न सफल
आर्थीकसंसार संवाददाता१० मंसिर, २०७८
१० मंसिर, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह