काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टेयरमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे ।
यस साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथीभाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् ।
त्यहाँबाट पैसा पठाउने बित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सकिनेछ । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले आफ्ना रेमिट्यान्स/विप्रेषण ग्राहकहरुका लागि बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवा र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधासहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता
आर्थीकसंसार संवाददाता७ मंसिर, २०७८
७ मंसिर, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह