News Portal

  • एशियन लाईफ इन्स्योरेन्सको भुरीगाउँ शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७८
    ८२३ पटक
    १७ कार्तिक, २०७८

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीको ४४ औं शाखाको रुपमा बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।
    कम्पनीका सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
    यस कम्पनीको कूल ४४ वटा शाखा र १०४ वटा उपशाखा सञ्चालनमा रहेका छन् । आ।व। २०७८/७९ को असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष करिब २७ अर्ब ७५ करोड रहेको छ । कम्पनीले आ।व।२०७८/७९ को असोज मसान्तसम्ममा १ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ ।

    प्रतिकृया दिनुहोस्