काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा मुछिएका ढुङ्गानालाई मन्त्रिपरिषदको बैठकले केही समय अगाडि स्पष्टीकरण सोधेको थियो । ढुङ्गानाले चित्तबुझ्दो जवाफ नदिएपछि आज बसेको मन्त्रिपरिषदको बैठकले अन्तत बर्खास्त गरेको हो ।
ढुङ्गानाले आफ्नो छोरीको नाममा बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न लागेको सर्वाेत्तम सिमेन्टको गोल्डेन शेयर खरिद गरेका थिए । उनीसँगै शेयर खरिद गरेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउन र बोर्डकै सञ्चालक चन्द्र ढकालले राजीनामा दिइसकेका छन् । सरकारले ढुङ्गानालाई पनि राजीनामा दिन अनुरोध गर्दै आएको थियो । तर उनले नमानेपछि उनलाई बर्खास्त गरिदिएको हो ।
ढुङ्गानाको विषयमा अर्थमन्त्रालयले यसभन्दा अगाडि नै अनुसन्धान गर्दै आइरहेको थियो । ढुङ्गानाका विषयमा धेरैवटा उजुरी परेपछि अख्तियार अनुसन्धान आयोगमा मन्त्रालयले धेरै अगाडिदेखि अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानपछि ढुङ्गानाको विषय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । सञ्चारमाध्यममा ढुङ्गानासहित अन्य पदाधिकारीहरुले पनि शेयर खरिद गरेको कुरा बाहिरिएपछि चौतर्फी विरोध हुँदै आइरहेको छ । सर्वोत्तम सिमेन्ट प्रकरणपछि बोर्ड र नेप्से दुबै प्रमुख बिहीन भएको छ ।
सेवोनका अध्यक्ष ढुंगाना बर्खास्त
आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
१९ असोज, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?