News Portal

  • सनराइज बैंकसहित तीन वाणिज्य बैंकले जलविद्युत आयोजनामा लगानी गर्ने

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७८
    ११८० पटक
    १५ असोज, २०७८

    काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविद्युत आयोजना’को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।
    यही असोज ११ गते सोमबार प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । यस कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्षसमेत रहेका छन् ।
    २० मेगावाट क्षमताको यो आयोजनाको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निर्माण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस्