News Portal

  • काठमाडौं । सनराइज बैंक र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरेको हो ।
    बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुसी बाँड्न २०७७ असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागि विशेष योजना ल्याएको बताएको छ ।
    बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो ।
    यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म तत्काल छुट पाउने जनाइएको छ ।

    १०९ पटक
    प्रतिकृया दिनुहोस्