News Portal

  • एशियन लाईफले पुस ४ गते डाक्यो वार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७७
    १७३४ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आगामी पुस ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन बिहान १० बजे वीरगञ्जको होटल पुजनमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
    सो सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर १८ गतेसम्म कायम सेयरधनी कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउने छन् । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने छ ।
    त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को लागि लेखा परीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखा परीक्षक पीआरके एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, प्रविणराज काफ्ले एफसीएलाई पारिश्रमिक वापत कर बाहेक एक लाख ८० हजार रुपैयाँ प्रदान गर्ने गरी नियुक्त गरिएकोमा उक्त सभाले अनुमोदन गर्ने छ ।
    त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६÷७७ को लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखा परीक्षक नियुत्ति र निजको पारिश्रमिक समर्थन गर्ने छ ।

    प्रतिकृया दिनुहोस्