News Portal

  • एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता३ असार, २०७८
    ४५० पटक
    ३ असार, २०७८

    काठमाडौं । एनसीसी बैंकको संस्थापक समूहअन्तर्गतको ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ ।
    संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
    बैंकले संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता आफुले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्