News Portal

  • अजोड इन्स्योरेन्सले आइटी अडिटका लागि इमिनेन्स ओएबीच सम्झौता

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७७
    १८७२ पटक
    ८ फागुन, २०७७

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग सम्झौता गरेको छ ।
    बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै बीमा समितिले कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा सूचना प्रविधिको अडिट गर्न निर्देशन दिएको छ । बीमा समितिले चैत ११ गते बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ का आधारमा यस्तो निर्देशन दिएको हो ।
    चैतमा जारी गरेको यस मार्गदर्शनमा पुस मसान्तभित्रमा अनिवार्य आइटी अडिट गर्नुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरुले भने यसमा आनाकानी गर्दै आएका थिए । बीमा समितिले मार्गदर्शनअनुसार आइटी अडिट गर्न निर्देशन दिएपछि सझौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले जानकारी दिए । यस मार्गदर्शनअनुसार बीमा कम्पनीहरुले हरेक वर्ष सूचना प्रविधिको अडिट गर्नुपर्ने हुन्छ । अडिटमा कम्पनीले प्रयोग गरेका हार्डवेयर तथा सफ्टवेयर के कस्तो छ भनेर परीक्षण गरिन्छ ।

    प्रतिकृया दिनुहोस्