News Portal

  • नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७७
    ८७० पटक
    ६ फागुन, २०७७

    काठमाडौं । नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेको छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहीबार सम्झौता गरेको हो ।
    यस्तै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई नेपाल बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पनि भएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र बीमा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका छन् ।
    नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउण्टर, १४३ वटा एटिएम तथा अन्य विभिन्न विद्युतीय÷डिजिलट माध्यमहरुबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्