News Portal

  • “मिस इकलेज २०२१” को लागि आवेदन फारम खुल्ला

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    ९४२ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । विगत ११ वर्षदेखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज–२०२१ को दशौं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।
    उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २४ वर्षसम्मका छात्राहरुलाई मध्यनजर राखि “मिस ई–कलेज–२०२१” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनुभयो ।
    कलेज स्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।
    विगत ११ वर्षदेखि काठमाडांैमा रहेर विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो दशौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । ‘Student’s Personality Education and Beauty’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ ।
    सो कार्यक्रमको लागि सहभागीताको लागि फागुन अन्तिम सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा चैत्रको अन्तिम साता राजधानीमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस ईकलेज २०२१” कोे ताज उपाधि सहित ल्यापटप मोवाइलफोन, ट्याव साथै ३ जना विजेतालाई सिंगापुर र मलेसियाको भ्रमणको लागि हवाई टिकट प्रदान गरिनेछ भने नेपाल एयर होस्टेज एकाडमीमा तामिकको लासग अवसर प्रदान गरिनेछ साथै उच्च शिक्षाको लागि विभिन्न देशको लागि छात्रावृत्ति पाउने छिन भने अन्य गिफ्टहयाम्पर पाउने छन्, यसबाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने कुरा सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।

     

    प्रतिकृया दिनुहोस्