News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारणसभा माघ २८ मा हुने

    आर्थीकसंसार संवाददाता८ माघ, २०७७
    ९३० पटक
    ८ माघ, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो १५औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे केन्द्रीय कार्यालयको सभाहलमा भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।
    सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र कर सहित २.५० प्रतिशत नगद गरी ४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो ।
    कोभिड–१९ को जोखिमका कारण सभा भच्र्युअल माध्यमबाट हुने भएकाले बैंकले सेयरधनीलाई इमेलमार्फत मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने भएको छ ।

    प्रतिकृया दिनुहोस्