News Portal

  • सिभिल बैंकले ‘युथ म्युजिक कन्टेस्ट–२०२१’ को प्रायोजन गर्ने

    आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
    १४५७ पटक
    १६ पौष, २०७७

    काठमाडौं । सिभिल बैंक लिमिटेडले दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट–२०२१’ नामक साङ्गितीक प्रतिस्पर्धात्मक कार्यक्रमको मुख्य प्रायोजन गर्ने भएको छ । युवाहरुलाई लक्षित गर्दै ल्याइएको यस प्रतिस्पर्धात्मक कार्यक्रमको प्रायोजन सिभिल बैंकले गर्ने भएको हो ।
    सो प्रतियोगितामा प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजारको व्यवस्था गरिएको छ । यस कार्यक्रममा १५ वर्षदेखि २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् ।
    इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) ‘युथ म्युजिक कन्टेस्ट–२०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।
    प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन्, यद्यपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइने फाउन्डेसनले जनाएको छ ।
    पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नुपर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापनपश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ र ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरिसक्नुपर्नेछ ।
    अन्तिम चरणमा ‘युथ म्युजिक कन्टेस्ट–२०२१’ का विजेताहरूको घोषणा ७० प्रतिशत ‘युथ म्युजिक कन्टेस्ट–२०२१’ को फेसबुक गु्रपमार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।

    प्रतिकृया दिनुहोस्