News Portal

  • राष्ट्रिय बीमा संस्थानको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७७
    १८८९ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले बढेर ४ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    समीक्षा अवधिमा संस्थानको नाफा ४१ प्रतिशतले घटेर १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थानले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    त्यस्तै, संस्थानको जीवन बीमा कोषको आकार २५ प्रतिशतले बढेर ३० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा संस्थानको जीवन बीमा कोषमा २४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ६१ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिमा कम्पनीले ६८ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्