News Portal

  • नेपाल बैंकको १९२औं शाखा लमहीमा स्थापना

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    ११०० पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा १९२औं शाखाको उद्घाटन गरेको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
    यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा नेबैलि एनिर्भसरी व्यवसाय कर्जाको सुरुवात गरेको जानकारी गराए ।
    वार्षिक ६.९९ प्रतिशत मात्र ब्याजदर कायम गरिएको यस एनिभर्सरी व्यवसाय कर्जाको सिमा १० करोडसम्मको रहेको, व्यवसाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १०० प्रतिशतसम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिशतसम्म लगानी गर्नसक्ने छ ।

    प्रतिकृया दिनुहोस्