News Portal

  • प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीको जिप्रकामा सञ्चालन

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    १२९७ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका वडा–५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देहीस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गतेदेखि कारोबार सुरु भएको हो ।
    यस बैंकको एक्स्टेन्सन काउण्टरबाट जिप्रकामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिप्रकाको काम गर्न सहज एवम् सरल तरिकाले हुने छ । यस एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले अपेक्षा गरेको कुरा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्