News Portal

  • एलआईसी नेपालको व्यतित बीमालेख नवीकरणमा छुट सुविधा

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७७
    १६२८ पटक
    १ कार्तिक, २०७७

    काठमाडौं । एलआईसी नेपालले व्यतित भएका बीमालेखहरु पुनः नवीकरण गर्दा विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले सूचना जारी गर्दै कार्तिक १ गतेदेखि लागू हुने गरी आगाामी पुस १ गतेसम्म विभिन्न कारणले व्यतित भएका बीमालेखहरु नवीकरण गर्न छुट दिने जनाएको छ ।
    विभिन्न कारणले नवीकरण शुल्क भुक्तानी गर्न नसकी व्यतित भएका बीमालेखहरु पुनः नवीकरण गर्दा बिलम्व शुल्कमा ३५ प्रतिशत वा २५ मध्ये जुन कम हु्न्छ, सो रकम बराबर छुट दिने जनाएको छ । साथै कम्पनीले यसै वर्ष परिपक्व हुने बीमालेखमा छुट सुविधा नपाइने पनि जनाएको छ ।

    प्रतिकृया दिनुहोस्