News Portal

  • इ–सेवा मनि ट्रान्स्फरको ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १६५४ पटक
    १९ असोज, २०७७

    काठमाडौं । इ–सेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैं तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत इ–सेवा मनि ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रु. १ सय बराबरको रिचार्ज जित्न सकिन्छ ।
    इ–सेवा मनि ट्रान्स्फरका एजेन्टमार्फत रकम प्राप्त गर्दा रु. सय बराबरको रिचार्ज पाइने छ भने सिधै इ–सेवा खातामा रकम प्राप्त गर्दा इ–सेवा खातामा रु. सय बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागु हुनेछ । रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
    हालको विषम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्र्याउन आफूहरुले काम गरिरहने कम्पनीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्