News Portal

  • सिटिजन्स बैंकका दुई संस्थापक बाहिरिँदै, १ सय रुपैयाँमै सेयर किन्ने मौका

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०८१
    ६५ पटक
    २४ कार्तिक, २०८१

    काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् ।

    बैंकका अनुसार चन्द्र इन्भेष्टमेण्ट प्रालिको नाममा रहेको २५ हजार कित्ता र मुकेश कुमार भट्टराईको नाममा रहेको ४० हजार ४५१ कित्ता सेयर गरी कुल ६५ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

    चन्द्र इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ भने मुकेश कुमार भट्टराईको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

    साथै, चन्द्र इन्भेष्टमेण्टको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । तर, संस्थापक सेयरधनीले ३५ दिनभि उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । भट्टराईको नाममा रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन नि पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्