आर्थीकसंसार संवाददाता१४ साउन, २०८१
१४ साउन, २०८१काठमाडौं । जीवन बीमक सूर्यज्योति लाइफ इस्स्योरेन्सले गत आर्थिक वर्षमा बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्याउन सफल अभिकर्ताहरुको नामावली सार्वजनिक गरेको छ ।
सेल्फ कोड अर्थात् आफूले व्यक्तिगत पहलमा जीवन बीमालेख बिक्री गरेर बीमाशुल्क आर्जन गर्न सफल देशभरबाट चुनिएका ५० जना उत्कृष्ट अभिकर्ता छन् ।
उत्कृष्ट पचास अभिकर्तामध्ये करिब पचास प्रतिशत महिला अभिकर्ता रहेका छन् । कम्पनीले प्रकाशन गरेको सेल्फ बिजनेश कोडका उत्कृष्ट ५० अभिकर्तामध्ये २२ जना महिला अभिकर्ता छन् ।