News Portal

  • श्रृजनशील र मानुषी लघुवित्त डिमर्ज गर्दै, यस्तो छ कारण

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०८०
    १३६ पटक
    १७ फागुन, २०८०

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने भएको छ। मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेको भन्दै डिमर्ज गर्ने जनाएको हो ।

    यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९ चैत २ गते समझदारी पत्र र २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पठाएको थियो।

     

    प्रतिकृया दिनुहोस्