News Portal

  • मनकामना स्मार्ट लघुवित्तले ढिलोमा चैत मसान्तसम्म वार्षिक साधारणसभा डाक्ने

    आर्थीकसंसार संवाददाता२२ पुष, २०८०
    ३५४ पटक
    २२ पुष, २०८०

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आउँदो चैत मसान्तसम्म आफ्नो वार्षिक साधारणसभा गर्नका लागि समयावधि थप गरिदिन आग्रह गरेको छ।

    संस्थाले नेपाल धितोपत्र बोर्डलाई आज (पुस २२ गते) पत्र पठाउँदै वार्षिक साधारणसभा गर्नका लागि समयावधि थप गरिदिन आग्रह गरेको हो। संस्थाले काभ्रेको बनेपास्थित समता घरेलु लघुवित्तसँग गाभिने प्रक्रियामा रहेकाले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणहरु पारित गर्न साधारणसभा बोलाउन केही ढिलाइ भएको जनाएको छ। अब ढिलोमा चैत मसान्तसम्म वार्षिक साधारणसभा सक्ने संस्थाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्