News Portal

  • एटीएम कार्डको शुल्कबाट १६ करोड रुपैयाँ आम्दानी

    आर्थीकसंसार संवाददाता२० पुष, २०८०
    ९३ पटक
    २० पुष, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष कार्डहरूबाट १६ करोड रुपैयाँ शुल्क लिएको छ । बैंकले २०८० असारसम्म क्रेडिट कार्ड, एटीएम जारी तथा नविकरण वापत १६ करोड ६ लाख रुपैउाँ शुल्क लिएको हो । जुन अघिल्लो वर्षको तुलनामा ३७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष बैंकले ११ करोड ६६ लाख ३३ हजार रुपैयाँ क्रेडिट कार्ड, एटीएम जारी तथा नविकरण वापत आम्दानी गरेको थियो ।

    बैंकका अनुसार कर्जा व्यवस्थापन शुल्क वापत ११ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकले सेवा शुल्क वापत २० हजार रुपैयाँ, डिडि/टि.टि/स्विफ्ट फी वापत २ करोड ५० लाख रुपैयाँ, रेमिटेन्स फी वापत ४ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    यस्तै, प्रतितपत्रमा कमिसन वापत २ करोड ६९ लाख रुपैयाँ, जमानतपत्रमा कमिसन वापत ४६ करोड ६९ लाख रुपैयाँ, लकरको भाडा वापत ६४ लाख ३१ हजार रुपैयाँ, अन्य शुल्क तथा कमिसन आम्दानी वापत ६३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    बैंकका अनुसार गत असारसम्म १ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कुल फि तथा कमिसन आम्दानी गरेको छ भने १९ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९८ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो भने ५ करोड ६९ लाख रुपैयाँ खर्च गरेको थियो ।

    एटीएम व्यवस्थापन शुल्क वापत ५३ लाख २८ हजार रुपैयाँ, भिसा तथा मास्टर कार्ड फि वापत ३ करोड ८७ लाख ४० हजार रुपैयाँ र अन्य शल्क तथा कमिसन खर्च वापत १४ करोड ७४ लाख रुपैयाँ खर्च गरेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा एटीएम व्यवस्थापन वापत ५३ लाख ७९ हजार रुपैयाँ, भिसा तथा मास्टर कार्ड फि वापत २ करोड ९ लाख ५१ हजार रुपैयाँ र अन्य शल्क तथा कमिसन वापत ३ करोड ६ लाख रुपैयाँ खर्च गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्