News Portal

  • हिमालयन बैंकले ८ वटा शाखाका लकर स्थानान्तरण गर्दै

    आर्थीकसंसार संवाददाता२० पुष, २०८०
    २१७ पटक
    २० पुष, २०८०

    काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखा कार्यालयमा रहेका लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले साविक सिभिल बैंकका विभिन्न ८ वटा शाखा कार्यालयको सेफ डिपोजिट लकर स्थानान्तरण गर्न लागेको हो ।

    बैंकका अनुसार नेपालगञ्ज, चावहिल, न्यूरोड, जावलाखेल, स्वयम्भु, भैरहवा, बनेपा र नारायणगढ शाखाको सेफ डिपोजिट लकर स्थानान्तरण गरिने बैंकले जनाएको छ ।

    सेफ डिपोजिट लकर स्थानान्तरणको क्रममा सामाग्रीहरु टुटफुट हुनसक्ने भएकाले आफ्नो लकरमा रहेका सामाग्रीहरू स्थानान्तरण अवधिभरका लागि निकाली सहयोग गर्न बैंकले अनुरोध गरेको छ ।

    उक्त समयमा ननिकालेको सामाग्री स्थानान्तरणको क्रममा टुटफुट भई हानी नोक्सानी भएमा बैंक जवाफदेही नहुने बैंकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्