News Portal

  • सगरमाथा लुम्बिनीले किन्यो हिमालयन बैंकको सेयर, बाहिरिए ३ जना संस्थापक

    आर्थीकसंसार संवाददाता१० पुष, २०८०
    १२० पटक
    १० पुष, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हिमालयन बैंकको सेयरधनी बनेको छ । इन्स्योरेन्स कम्पनीले बैंकको संस्थापक सेयर खरिद गरेसँगै संस्थापक सेयरधनी बनेको हो ।

    यसअघि बैंकको संस्थापक सेयरधनी रहेका धर्म भक्त मल्लको सेयर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खरिद गरेको हो । कम्पनीले मल्लको नाममा रहेको १ लाख ४१ हजार ११६ कित्ता सेयर खरिद गरेको हो ।

    यस्तै, साविक सिभिल बैंकको संस्थापक सेयरधनी रहेको यश्वस्विका इन्टरनेशनल प्रा.लि.ले आफ्नो स्वामित्वको १५ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको छ । यश्वस्विका इन्टरनेशनल प्रा. लि.को सेयर रीता मल्लले खरिद गरेकी हुन् ।

    जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता सेयरमध्ये आशिष श्रेष्ठले १ हजार कित्ता र राम प्रसाद आचार्यले ५१ हजार ९१० कित्ता सेयर खरिद गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्