News Portal

  • नेपाल बैंकको सीईओका ५ जनाको नाम सर्टलिष्ट, को–को सिफारिस भए ?

    आर्थीकसंसार संवाददाता२ पुष, २०८०
    १५० पटक
    २ पुष, २०८०

    काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको आइतबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

    बैंकको सीईओ पदका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्ट गरिएको हो ।

    योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफासिर गरेको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।

    बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका थिए । बैंकका सीईओका लागि देवेश प्रसाद लोहनी, विभु प्रसाद अर्याल, रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, दिर्घ बहादुर अर्याल, कृष्ण प्रसाद आचार्य, छबिराज पन्त, राजुनाथ खनाल, बिष्णुदेव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ र प्रताप सुवेदीले आवेदन दिएका थिए ।

    बैंकका पूर्व सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि बैंकले नयाँ सीईओका लागि विज्ञापन आह्वान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्