Skip

News Portal

  • एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण, १० जना अभिकर्ता सम्मानित

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८०
    ४८३ पटक
    २२ मंसिर, २०८०

    काठमाडौं । एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण भएको छ। भक्तपुरमा कौशलटार र गठ्ठाघरको बीचमा रहेको शाखा अहिले करिब ५०० मिटर अगाडि गठ्ठाघर चोकमा(लोकन्थली कौशलटारबाट आउँदा दायाँ र ठिमी चारदोबाटोबाट आउँदा बायाँ पट्टि) सरेको हो ।

    नयाँ भवनमा शाखा कार्यालयलाई औपचारिक उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सेवाग्राहीको सहजताका लागि नयाँ भवनवाट अझ सरल, सहज र परिस्कृत सेवा प्रवाह गर्दै जाने बताए।

    उद्घाटन कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत ए दत्त, सीटीओ रोहित भुटिया, प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठ, बजार व्यावस्थापन प्रमुख प्रकाशभक्त उपाध्याय, ओएस प्रमुख गिरिराज घिमिरे, इन्भेस्टमेन्ट प्रमुख संगीता मैनाली, शाखा प्रबन्धक राम थापा, एजेनसी मेनेजर नरप्रसाद सिटौलालगायतले मन्तव्य राखेका थिए।

    कार्यक्रममा ४० भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरको उपस्थिति थियो भने उद्घाटन कार्यक्रमका दिन उत्कृट कार्य गर्ने १० जना अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत कुमारबाट सम्मान गरिएको थियो।

    प्रतिकृया दिनुहोस्