News Portal

  • ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, को हुन् उनी ?

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८०
    १४७ पटक
    २१ मंसिर, २०८०

    काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यसअघि सीईओ रहेका श्रीचन्द्र भट्टले राजीनामा दिएपछि ढकाललाई कामु सीईओ जिम्मेवारी दिएको थियो । बुधबारदेखि लागू हुने गरी उनलाई सीईओको जिम्मेवारी दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए ।

    ढकालले तत्कालीन हाम्रो विकास बैंकको सीईओ भएर सन् २०१० देखि सन् २०१६ सम्म ६ वर्ष काम गरिसकेका छन् । ढकालले यसअघि एनआईसी एसिया बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका थिए । आईसीआईसीआई बैंक र डिलोइट इण्डियामा समेत काम गरिसकेका उनीसँग बैंकिङ्ग क्षेत्रको डेढ दशक बढीको अनुभव छ ।

    ढकाल एनआईसी एशिया बैंकमा हुँदा एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्ष समेत हुने अवसर प्राप्त गरेका थिए ।

    उनी चार्टर्ड एकाउन्टेन्ट्स हुन् भने अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका हुन् । उनको स्थायी ठेगाना रुद्रपर ४ रुपन्देही हो ।

    प्रतिकृया दिनुहोस्