News Portal

  • गार्डियन र क्रेष्ट माइक्रो लाइफले उठाए १३ लाख बढी प्रिमियम, कुनले कति ?

    आर्थीकसंसार संवाददाता१७ असोज, २०८०
    १३१ पटक
    १७ असोज, २०८०

    काठमाडौं । सञ्चालनमा रहेका दुई जीवन लघुबीमा कम्पनीले दुई महिनामा १३ लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौमा महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले एक हजार ३४४ वटा पोलिसी मार्फत सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।

    जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले १० लाख ३७ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ९ सय ८३ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

    त्यस्तै, क्रेष्ट माइक्रोले तीन लाख सात हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले दुई महिनामा ३६१ वटा पोलिसीमार्फत सो रकम बराबरको बीमाशुल्क संकलन गरेको हो ।

    प्रतिकृया दिनुहोस्