News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई रन्जना सिनेप्लेक्समा टिकट किन्दा छुट

    आर्थीकसंसार संवाददाता९ जेठ, २०८०
    १९३ पटक
    ९ जेठ, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडस्थित रन्जना सिनेप्लेक्सबीच सम्झौता भएको छ । बैंक र सिनेप्लेक्सबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएका हो ।
    उक्त सम्झौतापश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्