News Portal

  • नबिल बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा २ हजार क्यास ब्याक पाउने

    आर्थीकसंसार संवाददाता५ बैशाख, २०८०
    ३७४ पटक
    ५ बैशाख, २०८०

    काठमाडौं । स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।
    यस योजनाको लागि सामसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा २००० क्यासब्याक प्राप्त गर्नेछन् ।
    सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिन्मा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरुको कारण मोबाइल बजारलाई तताइदिएको छ ।
    यी दुवै मो डलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रँगहरुमा उपलब्ध छन्, जसले ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।
    क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरुले उनीहरुसंग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।

    प्रतिकृया दिनुहोस्