News Portal

  • सिद्धार्थ बैंकले अमरसिंह माविलाई २० थान कम्प्युटरका साथै हल बनाउन ४० लाख दिने

    आर्थीकसंसार संवाददाता१४ चैत, २०७९
    ३१८ पटक
    १४ चैत, २०७९

    काठमाडाैं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नाे नयाँ भवनको आज समुद्घाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको समुद्घाटन गरेका हुन् ।
    बैंकले विगत १६ वर्ष देखि पोखरा म.न.पा., वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ ।
    यस अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर र त्यसकाे लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा सिद्धार्थ बैंकले अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटरका साथै हल बनाउन ४० लाख दिने विद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाखसम्मको सहयोग गर्ने सम्झौता भएकाे छ ।
    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका छन् ।

    उक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिष्ठित उद्योगी, व्यापारी समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्