News Portal

  • धादिङमा नेपाल लघुवित्त बैंकर्स संघले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७९
    २३७ पटक
    १३ माघ, २०७९

    काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले धादिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम क्रिक रिसोर्टमा सम्पन्न गरेको हो । लघुवित्त वैकर्स संघका महासचिव रामबहादुर यादवको सभापतित्व तथा धादिङ क्षेत्र नं २ का संघीय सासंद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको संघले जनाएको छ ।
    कार्यक्रममा विभिन्न लघुवित्त संस्थाहरुमा आवद्ध ३ सय जना सदस्यहरुको उपस्थिति थियो। देशका ७७ वटै जिल्लामा वित्तीय सारक्षता कार्यक्रम गर्ने योजना अनुरुप संघको आयोजनामा कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा प्रमुख अतिथि रामनाथ अधिकारीले लघुवित्त संस्थाहरुले महिला दिदीवहिनीहरुलाई परनिर्भरतावाट छुटकारा दिएको र गाउगाउमा गई महिला दिदीबहिनीहरुलाई समुहमा आवद्ध गराई कार्यक्रम संचालन गर्ने भएकाले यसको उदेश्य राम्रो भएको बताए ।
    नेपाल लघुवित्त बैंकर्स संघका तर्फवाट महासचिव रामबहादुर यादवले लघुवित्तको उदेश्य पवित्र रहेको र कहि कतै सुधार गर्नुपर्ने भए छलफल गरि सुधार गर्न तयार रहेको बताए । साथै देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको लघुवित्त क्षेत्रलाई सबै मिलेर अगाडी वढाउनु पर्ने आवश्यकता रहेको र लघुवित्तका माध्यमले उद्यमशिलता विकास गरि विदेशमा रहेका दाजुभाईलाई पनि नेपालमै रोजगारीको अवसर प्रदान गरि भित्राउनु पर्ने उनले बताए ।
    उक्त कार्यक्रममा महिला सदस्यहरुले आफ्ना सफलताका कथा सुनाउंदै लघुवित्तले महिलालाई विश्वास गर्नाले नै आज व्यापार व्यवसाय तथा उद्यम गर्न सफल भई जिवनमा परिवर्तन ल्याएको अनुभव सुनाएको संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्